नेपालमा ७ हजार ३६८ संक्रमित थपिए, एकैदिन १४५ जनाको मृत्यु

नेपालमा ७ हजार ३६८ संक्रमित थपिए, एकैदिन १४५ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ७ हजार ३६८ जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १९ हजार ५३९ जनाको पीसीआर र ३४४ जनाको एन्टेजीन विधिबाट परीक्षण गर्दा ७ हजार ३६८ जनामा कोरोना पुष्टि भएको हो । यो सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ५५ हजार ७२ पुगेको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घन्टामा थप १४५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १४५ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५ हजार १पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :