चेल्सीलाई पराजित गर्दै लेस्टर सिटीले जित्यो एफए कप फुटबलको उपाधि

चेल्सीलाई पराजित गर्दै लेस्टर सिटीले जित्यो एफए कप फुटबलको उपाधि

काठमाडौँ : लेस्टर सिटीले पहिलोपटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्शकको उपस्थितिमा लन्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई १–० ले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो ।

लेस्टरका लागि खेलको दोस्रो हाफमा युरी थिलेमन्सले एक मात्र गोल गरे । उनले ६३ औँ मिनेटमा लङ रनेजबाट उत्कृष्ट गोल गरेका थिए ।

८९ औँ मिनेटमा लेस्टरकै पूर्वखेलाडी बेन चिलवालको प्रहार डिफ्लेक्स हुँदै गोल भएको थियो तर भीएआर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् ।

यसअघि चारपटक फाइनल खेले पनि एफए कपको उपाधि जित्न नसकेको लेस्टर पाँचौँपटकमा भने विजेता बन्यो । लेस्टरले यसअघि सन् १९४९, १९६१, १९६३ र १९६९ मा फाइनल खेले पनि उपविजेता बनेको थियो ।

उता ८ पटक उपाधि जितेको लन्डन क्लब चेल्सी लगातार दोस्रोपटक उपविजेतामै सीमित बनेको छ । चेल्सीले पछिल्लोपटक सन् २०१८ मा एफए कप जितेको थियो ।

अर्को लन्डन क्लब आर्सनलले सर्वाधिक १४ पटक र म्यानचेस्टर युनाइटेडले १२ पटक जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :