युभेन्टससँग इन्टर मिलान स्तब्ध

युभेन्टससँग इन्टर मिलान स्तब्ध

काठमाडौँ : इटालियन सिरी ए फुटबलको यो वर्षको च्याम्पियन इन्टर मिलान युभेन्टससँग पराजित भएको छ ।

इन्टरलाई पराजित गरेसँगै युभेन्टसले अर्को सिजनको च्याम्पियन्स लिगमा स्थान बनाउने झिनो आशा कायमै राखेको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले इन्टरलाई तीन–दुई गोल अन्तरले हराएको छ । जितसँगै युभेन्टस शीर्ष चारमा उक्लिएको छ । युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले एक गोल गरे भने जुवान क्वाडार्डोले दुई गोल गरे । इन्टरका लागि पेनाल्टीमार्फत रोमेलु लुकाकुले गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :