विद्यार्थी एकता दिवसमा भित्तेपात्रो सार्वजनिक

विद्यार्थी एकता दिवसमा भित्तेपात्रो सार्वजनिक

बुटवल : अखिल (क्रान्तिकारी) रूपन्देहीले ५७ औँ विद्यार्थी एकता दिवस (जेठ १ गते) का अवसरमा २०७८ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ ।

शनिबार आयोजित भित्तेपात्रो सार्वजनिक कार्यक्रममा अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरो संयोजक वीरेन्द्र विक र केन्द्रीय सदस्य तथा रूपन्देही जिल्ला इन्चार्ज रूपा बुढामगरको विशेष उपस्थिति थियो ।

५७ औँ विद्यार्थी एकता दिवसका अवसरमा भित्तेपात्रो सार्वजनिक गर्नुका साथै शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रम सङ्गठनकी रूपन्देही जिल्ला अध्यक्ष इन्दु वलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :