नेपालमा ८ हजार १६७ सङ्क्रमित थपिए, एकैदिन १८७ जनाको मृत्यु

नेपालमा ८ हजार १६७ सङ्क्रमित थपिए, एकैदिन १८७ जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घन्टामा १८७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा १८७ जना कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ४ हजार ८५६ पुगेको छ ।

त्यस्तै एकै दिन ८ हजार १६७ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १७ हजार ९७१ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार १६७ जनामा कोरोना पुष्टि भएको हो । योसहित नेपालमा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या ४ लाख ४७ हजार ७०४ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :