कोरोनाबाट विश्वभर ३३ लाख ७० हजार ७५४ को मृत्यु

कोरोनाबाट विश्वभर ३३ लाख ७० हजार ७५४ को मृत्यु

काठमाडौँ : विश्वभर कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ३३ लाख ७० हजार ७५४ पुगेको छ । पछिल्लो २४ घन्टामा १२ हजार ५०३ जनाको मृत्यु भएको छ ।

१४ करोड १४ लाखभन्दा धेरै व्यक्तिले कोरोना भाइरसको सङ्क्रमण जितेका छन् । पछिल्लो २४ घन्टामा ७ लाख ७८ हजार ७१५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । २४ घन्टामा सङ्क्रमणमुक्त हुने यो सङ्ख्या नयाँ सङ्क्रमितभन्दा झन्डै एक लाखले धेरै हो ।

पछिल्लो विवरणसँगै विश्वभर सङ्क्रमण जित्नेको सङ्ख्या १४ करोड १४ लाख ४८ हजार ९६३ पुगेको छ । कुल सङ्क्रमितका आधारमा निको हुने दर ८७.०३५ प्रतिशत हो ।

यस्तै पछिल्लो २४ घन्टामा ६ लाख ९० हजार ६६४ जनामा सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर सङ्क्रमितको सङ्ख्या १६ करोड २५ लाख २० हजार ६४९ पुगेको छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय सङ्क्रमितको सङ्ख्या १ करोड ७६ लाख ९९ हजार १७६ छ । यसमध्ये १ लाख ३ हजार ६२७ जनाको अवस्था गम्भीर रहेको वल्र्डोमिटर्सले जनाएको छ ।

कोरोनाले विश्वमा सबैभन्दा बढी संयुक्त राज्य अमेरिका प्रभावित भएको छ । हालसम्म अमेरिकामा पाँच लाख ९९ हजार २९९ जनाको मृत्यु भएको छ ।

यसैगरी ब्राजिलमा ४ लाख ३२ हजार ७८५ जनाको मृत्यु भएको छ । दोस्रो लहरको अति प्रभावित मुलुक भारतमा २ लाख ६६ हजार २२९ जनाको मृत्यु भएको छ ।

यस्तै रुसमा १ लाख १५ हजार ११६ जना, बेलायतमा १ लाख २७ हजार ६६८ जना, फ्रान्समा १ लाख ७ हजार ४२३ जना, इटालीमा १ लाख २३ हजार ९२७ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :