नेपालमा कोरोनाबाट एकै दिन २१४ को मृत्यु

नेपालमा कोरोनाबाट एकै दिन २१४ को मृत्यु

काठमाडौँ: नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ९६० जनामा कोरोना भाइरसको संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४७४ जनाको पीसीआर परीक्षण र ७७१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८ हजार ९६० जनामा कोरोना पुष्टि भएको हो । यो सहित नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ४ लाख ३१ हजार १९१ पुगेको छ ।

यसैबीच नेपालमा पछिल्लो २४ घन्टामा थप २१४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २१४ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी दिएका हुन् । यो सँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४ हजार ४६६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :