रोनाल्डोको सय गोलको रेकर्डसँगै युभेन्ट्सको सहज जित

रोनाल्डोको सय गोलको रेकर्डसँगै युभेन्ट्सको सहज जित

काठमाडौँ : पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले सिरी ए फुटबलमा नयाँ रेकर्ड बनाएका छन् । उनले एक सय गोल पूरा गरेर नयाँ रेकर्ड बनाएका हुन् । उक्त खेलमा सासुओलोविरुद्ध युभेन्ट्सले सहज जित हातपारेको छ ।

बुधबार राति भएको खेलमा सासुओलोलाई तीन–शून्यले हराउने क्रममा रोनाल्डोले नयाँ रेकर्ड बनाएका हुन् ।

रोनाल्डोले युभेन्टसका लागि कम खेलमा एक सय गोल पूरा गर्ने रेकर्ड बनाएका हुन् । युभेन्ट्सका लागि अरू दुई गोल राबियोट र पाउलो डिबालाले गरे । सासुओलोका लागि रास्पदोरीले एक गोल फर्काए ।

रोनाल्डोले एक सय ३१ औँ खेलमा एक सय गोल पूरा गरेका छन् । युभेन्टसमा अनुबन्ध भएको तीन सिजनमा नै उनले गोलको शतक पूरा गरे ।
यसअघि युभेन्टसका लागि दुई खेलाडीले एक सय गोल पूरा गरेका थिए जसमा ओमार सिभोरी र रोबेर्टो बाजियो थिए । उनीहरुले पाँच सिजनमा एक सय गोल पूरा गरेका थिए ।

यसका साथै रोनाल्डो तीन फरक क्लव र राष्ट्रिय टिमबाट एक सय गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले खेलेका म्यानचेस्टर युनाइटेड र रियल मड्रिडबाट पनि गोलको शतक बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :