बागलुङमा ट्याक्सी दुर्घटना, दुईजनाको मृत्यु

बागलुङमा ट्याक्सी दुर्घटना, दुईजनाको मृत्यु

बागलुङ : बागलुङको ढोरपाटन नगरपालिका ५ मा मङ्गलबार साँझ ट्याक्सी दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् । दुर्घटनामा चालक ३५ वर्षीय ढालबहादुर थापा र ढोरपाटन नगरपालिका ५ का ४० वर्षीय जोकबहादुर विकको मृत्यु भएको जानकारी इलाका प्रहरी कार्यालय बुर्तिबाङका इन्चार्ज प्रहरी निरीक्षक जयराम वन्तले दिए ।

बुर्तिबाङबाट ढोरपाटनतर्फ जाँदै गरेको ध १ ज ५२८ नम्बरको ट्याक्सी ढोरपाटन नगरपालिका ५ प्याङखोलास्थित घुम्तीमा दुर्घटना भएको हो ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटनामा सोही स्थानकी ३८ वर्षीय रतिकला विक घाइते भएको वन्तले बताए । घाइते विकलाई उद्धार गरी बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :