ट्रकले ठक्कर दिँदा मण्डलदम्पतीको मृत्यु

ट्रकले ठक्कर दिँदा मण्डलदम्पतीको मृत्यु

सप्तरी : ट्रकले ठक्कर दिँदा सप्तरीमा मंगलबार बिहान साइकलमा सवार भारदह भलुवा निवासी ५० वर्षीय सत्यनारायण मण्डल र उनकी ४५ वर्षीया पत्नी सुनितादेवी मण्डलको मृत्यु भएको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत हुनमाननगर कंकालिनी नगरपालिका १ स्थित सडकमा ट्रकले मण्डलदम्पती सवार साइकललाई ठक्कर दिएको थियो ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी नायव उपरीक्षक नरेश सिंहका अनुसार ट्रकको ठक्करबाट मण्डलदम्पतीको घटनास्थलमै मृत्यु भएको हो । ‘ट्रक द्रूत गतिमा रहेछ । आफ्नो साइड छाडेर अर्काेतिर गएर साइकललाई ठक्कर दिएको देखिन्छ’, सिंहले भने ।

मृतक मण्डलदम्पतीको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज पठाउने तयारी भइरहेको र ठक्कर दिने ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :