नेकपाका नेता–कार्यकर्ता सडक निर्माणमा

नेकपाका नेता–कार्यकर्ता सडक निर्माणमा

इलाम : नेपाल कम्युनिस्ट पार्टी इलामले सडक निर्माण र मर्मतकार्यमा आफ्नो जनशक्तिलाई परिचालन गर्दै जनश्रममा जुटेको छ ।

कोरोनाको महामारीलाई चिर्दै नेकपाले जिल्लाका विभिन्न स्थानमा जनश्रमदान जारी राखेको छ । पार्टीका जिल्ला सचिव मौसमको नेतृत्वमा जनश्रमदान भैरहेको जानकारी नेकपाले दिएको छ ।

जिल्लाको रोङ गाउँपालिका १ स्थित सडक निर्माणकार्य अलपत्र भएपछि स्थानीय बासिन्दाले बाटो निर्माणमा पहल गरिदिन पार्टीसँग अनुरोध गरेका थिए ।

पार्टीले स्थानीय जनताको आवश्यकताअनुरूप काम गरिरहेको जिल्ला इन्चार्ज सुमनसिंह पौडेलले बताए । आफ्नो पार्टीका जनसेवकलाई श्रममा पनि लगाउने र स्थानीय निकायलाई समेत द्रुत गतिमा काम गराउन पहल गरिने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :