अखिल क्रान्तिकारीद्वारा ट्राफिक प्रहरी र प्रहरीलाई मास्क र सेनिटाइजर वितरण

अखिल क्रान्तिकारीद्वारा ट्राफिक प्रहरी र प्रहरीलाई मास्क र सेनिटाइजर वितरण

झापा : अखिल (क्रान्तिकारी) झापा ले जिल्लाका सुरुङ्गा, दुर्गापुर, चारपाने, बिर्तामोड, बुटाबारी, चाराली, धाईजन, इँटाभट्टा, धुलाबारी र काँकडभिट्टाका ट्राफिक प्रहरी, प्रहरी तथा कार्यालयमा मास्क र सेनिटाइजर वितरण गरेको छ ।

प्राप्त समाचारअनुसार जिल्लाका विभिन्न क्षेत्रका ट्राफिक प्रहरी र प्रहरीले मास्क र सेनिटाइजर किनेर प्रयोग गरेको सुनिएपछि अखिल क्रान्तिकारी झापाको पहलमा सोमबार स्वास्थ्य सुरक्षाका सामग्री वितरण गरिएको हो ।

क्रान्तिकारीका अनुसार मास्क, सेनिटाइजरलगायत सामग्री राधिका ट्रेडर्सका राम सुनुवार, झरना सर्जिकलका ओम खड्कालगायतले सहयोगस्वरूप उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :