नेपालमा कोरोनाबाट एकै दिन १३९ को मृत्यु, सङ्क्रमितको सङ्ख्या ४ लाख नाघ्यो

नेपालमा कोरोनाबाट एकै दिन १३९ को मृत्यु, सङ्क्रमितको सङ्ख्या ४ लाख नाघ्यो

काठमाडौँ : नेपालमा कोरोना भाइरस सङ्क्रमणबाट एकै दिन १३९ जनाको मृत्यु भएको छ । २४ घन्टामा कोरोनाबाट मृत्यु हुनेको यो सङ्ख्या अहिलेसम्मकै धेरै हो । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ८५९ पुगेको छ ।

नेपालमा २४ घन्टामा थप ९,२७१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै सङ्क्रमितको सङ्ख्या ४ लाख ३ हजार ७९४ जना पुगेको छ । निको हुनेको सङ्ख्या ३ लाख ६ हजार ७९४ रहेको छ । हाल देशभर सक्रिय सङ्क्रमित सङ्ख्या ९३ हजार १४१ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :