बराबरीमा रोकियो पीएसजी

बराबरीमा रोकियो पीएसजी

काठमाडौँ : फ्रेन्च लिग वान फुटबलको उपाधि होडमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) बराबरीमा रोकिएको छ ।

आइतबार राति भएको खेलमा पीएसजी रेनससँग १–१ गोलको बराबरीमा रोकिँदै अङ्क बाँड्न बाध्य भएको हो ।

घरेलु मैदानमा सुरुआती अग्रता जोगाउन नसक्दा पीएसजी अङ्क बाँड्न बाध्य भयो । पहिलो हाफको इन्जुरी समयमा नेयमारले पेनाल्टीमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

७० औँ मिनेटमा सेह्रोउ गुइरास्सीले गोल गर्दै रेनसलाई १–१ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै दोस्रो स्थानको पीएसजीको ३६ खेलमा ७६ अङ्क भएको छ । पीएसजी शीर्ष स्थानको लिलभन्दा ३ अङ्कले पछि छ । रेनस ५५ अङ्कसहित सातौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :