एसी मिलानसँग युभेन्टसको लज्जास्पद हार

एसी मिलानसँग युभेन्टसको लज्जास्पद हार

काठमाडौँ : इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानसँग युभेन्टसको लज्जास्पद हार भएको छ । आइतबार राती भएको खेलमा एसी मिलानले युभेन्ट्सलाई ३–० गोलले पराजित गरेको हो ।

युभेन्ट्सको मैदानमा मिलानलाई जित दिलाउन ब्राहिम डियाज, एन्ट रेबिक र फिकायो टोमोरीले एक–एक गोल गरेका थिए । जितसँगै मिलान लिगको तेस्रो स्थानमा उक्लिएको छ ।

एसी मिलानले ३५ खेलमा ७२ अङ्क जोडेको छ । ६९ अङ्क जोडेको युभेन्ट्स लिगको पाँचौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :