कोरोनाविरुद्ध जनचेतनामूलक अभियान सुरु

कोरोनाविरुद्ध जनचेतनामूलक अभियान सुरु

बुटवल : नेपाल कम्युनिस्ट पार्टी रूपन्देहीले कोरोना भाइरस संक्रमणले देशव्यापी रूपमा आक्रान्त पारिरहेको समयमा कोरोनाविरुद्ध जनचेतनामूलक कार्यक्रम सुरु गरेको छ ।

जिल्लास्थित रानीगन्जमा आइतबार स्थानीय बासिन्दाको उपस्थितिमा कोरोनाविरुद्ध जनचेतनामूलक कार्यक्रमको उद्घाटन गरिएको र सर्वसाधारणलाई मास्क र सेनिटाइजर वितरण गरिएको नेकपा रूपन्देहीले जनाएको छ ।

कार्यक्रममा नेकपा रूपन्देहीका सेक्रेटरी विश्वासलगायत १५–२० जना जिल्लास्तरीय नेता–कार्यकर्ताको उपस्थिति थियो । जनचेतनामूलक कार्यक्रम जिल्लाका ५ वटा गाउँपालिका, १० वटा नगरपालिका, बुटवल उपमहानगरपालिकालगायत जिल्लाव्यापी रूपमा सञ्चालन गरिने र उत्पीडित जनसमुदाय, सुकुमबासीलाई विशेष प्राथमिकतामा राखेर कार्यक्रम प्रभावकारी बनाइने नेकपा रूपन्देहीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :