नेपालमा कोरोना सङ्क्रमतिको सङ्ख्या ४ लाख नजिक, एकैदिन ८८ जनाको ज्यान गयो

नेपालमा कोरोना सङ्क्रमतिको सङ्ख्या ४ लाख नजिक, एकैदिन ८८ जनाको ज्यान गयो

काठमाडौँ : नेपालमा पछिल्लो आइतबार ५२ जना कोरोना सङ्क्रमितको मृत्यु भएसँगै २४ घन्टामा ८८ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घन्टामा ५२ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका हुन् भने अन्य ३६ जना मृतकको विवरण पनि २४ घन्टामै प्राप्त भएपछि कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८८ पुगेको हो । गौतमका अनुसार सीसीएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्याङ्कको आधारमा थप ३६ मृतकको विवरण प्राप्त भएको हो । योसँगै हालसम्म कोरोनाले ज्यान गुमाउनेको सङ्ख्या ३ हजार ७२० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ लाख नजिक पुगेको छ । पछिल्लो २४ घन्टामा नेपालमा ८ हजार ८५० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ लाख नजिक पुगेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गरिएकोमा ८ हजार ७७७ जना कोरोना पुष्टि भएको हो । यस्तै ५०६ जनाको एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८५० जनामा सङ्क्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३ लाख ९४ हजार ६ सय ६७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :