तीन बालकका हत्यारा पत्ता लगाई कारबाही गर्न माग

तीन बालकका हत्यारा पत्ता लगाई कारबाही गर्न माग

काठमाडौँ : दाङमा तीनजना बालकको शव भारतीय नम्बर प्लेटको गाडीमा भेटिएको विषयलाई लिएर दलित मुक्ति मोर्चा नेपाल दाङले कडा आपत्ति जनाएको छ । मोर्चाका दाङ जिल्ला अध्यक्ष सुरज परियारले विज्ञप्ति जारी गर्दै घटनाप्रति आपत्ति जनाएका हुन् ।

परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ गाइडर निवासी सन्तोष परियार, भीम परियार र किरण परियारका छोराहरू ७ वर्षीय सुवर्ण परियार, ८ वर्षीय किरण परियार र ९ वर्षीय सुवास परियार २०७८ साल वैशाख १६ गते खेल्दाखेल्दै हराएका थिए । उनीहरूको तीव्र रूपमा खोजी कार्य गर्दै जाँदा दुई दिनपछि विगत ५–६ महिनादेखि तुलसीपुरको स्याउली बजारमा पार्किङ गरेर राखिएको भारतीय नम्बर प्लेट (RJ–1–PP–0885) को गाडी लक गरेको अवस्थामा तीनैजनाको शव भेटिएको थियो ।’

विज्ञप्तिमा भनिएको छ, ‘कतिपयले उनीहरूले आत्महत्या गरेको भनी घटनालाई अन्तैतिर मोड्न खोजेको देखिन्छ । कोही–कसैले हत्यारालाई उन्मुक्ति दिने कुचेष्टा राख्छ भने हाम्रो सङ्गठन दलित मुक्ति मोर्चा नेपाल कडा सङ्घर्ष गर्ने चेतावनी यहीँ विज्ञप्तिमार्फत दिन चाहन्छ ।
उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायलाई ध्यानाकर्षण गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :