अखिल (क्रान्तिकारी) द्वारा समस्यामा रहेका विद्यार्थीहरूको उद्धार

महेन्द्रनगर : अखिल (क्रान्तिकारी) ले कोरोना भाइरस सङ्क्रमणको कहरले समस्यामा परेका विद्यार्थीको उद्धार गरेको छ ।

अखिल (क्रान्तिकारी) का केन्दीय सदस्य रहेका कञ्चनपुरका विद्यार्थी नेता प्रकाश जप्रेलको पहलमा लकडाउनका कारण घर जान नसकेका ३० जना विद्यार्थीलाई सम्बन्धित निकाय र सरोकारवालासँगको सहकार्य घर पठाउने व्यवस्था गरिएको हो । पहाडी जिल्लाहरूमा घर भई कञ्चनपुर महेन्द्रनगरमा डेरा गरी बस्ने विद्यार्थीको उद्धार गरिएको सङ्गठनले जनाएको छ ।

क्रान्तिकारीका नेता जप्रेलले पार्टीनीतिअनुसार सङ्गठनले विद्यार्थीको उद्धार गरेको बताएका छन् । उनले भने, ‘सङ्गठन विगतदेखि नै विद्यार्थीको हकहितमा लागिरहेको छ । समस्यामा परेका विद्यार्थीको उद्धार, राहत एवम् उपचारका लागि सरकारी निकायसँग सहकार्य गर्न तयार छौँ ।’

लकडाउनका कारण विद्यार्थी समस्यामा परेको र उद्धार गरिएपछि खुसी हुँदै धन्यवाद व्यक्त गरेको जानकारी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :