तत्कालीन नेकपा माओवादीका उपत्यका सचिव यादव सात वर्षपछि रिहा

तत्कालीन नेकपा माओवादीका उपत्यका सचिव यादव सात वर्षपछि रिहा

काठमाडौँ : मातृका यादव नेतृत्वको तत्कालीन नेकपा (माओवादी) का नेता श्रीचन राय यादव सात वर्ष लामो जेल जीवन बिताएर मङ्गलबार रिहा भएका छन् । नख्खु कारागारबाट रिहा हुनुअघि सोही कारागारमा रहेका नेकपाका सचिवालय सदस्य सुदर्शनले यादवलाई बिदाइ गरेका थिए ।

बिदाइ कार्यक्रममा नेकपा नेता सुदर्शनले जनताका पक्षमा आवाज उठाउँदा शासकहरूको स्वार्थमा कतै धक्का लाग्ने अवस्था आएमा न्यायपूर्ण आवाजमा बन्देज लगाउन राजनीतिक आस्थाकै आधारमा जेल र हिरासतमा कोच्ने गरेको बताए ।

रिहा भएपछि यादवले पत्रकारसँग कुरा गर्दै राज्यले जनताका पक्षमा आवाज उठाउँदा षड्यन्त्रपूर्वक तरिकाले आफूलाई फसाएको र जेल बस्न बाध्य बनाएको बताए । उनले यो शोषणप्रधान, अन्यायी व्यवस्थाका विरुद्ध जनताका पक्षमा हुने क्रान्तिकारी आन्दोलनमा आफूलाई समर्पित गर्ने घोषणा पनि गरे । उनलाई २०७१ सालदेखि नख्खु कारागारमा बन्दी बनाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :