म्यान्चेस्टर च्याम्पियन्स लिग फुटबलको फाइनलमा

म्यान्चेस्टर च्याम्पियन्स लिग फुटबलको फाइनलमा

काठमाडौँ : इङ्लिस क्लब म्यान्चेस्टर सिटी पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । म्यान्चेस्टर सिटी पहिलोपटक च्याम्पियन्स लिग फुटबलको फाइनल खेलमा प्रवेश गरेको हो ।

फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई दोस्रो लेगको खेलमा २–० ले हराएको म्यान्चेस्टर सिटी समग्रमा ४–१ को नतिजासहित फाइनलमा पुगेको हो । दोस्रो लेगमा सिटीलाई जित दिलाउन रियाद महरेजले दुवै गोल गरेका हुन् ।

खेलको ११ औँ मिनेटमा महरेजले गोल गर्दै म्यान्चेस्टर सिटीलाई अग्रता दिलाएका थिए । ६३ औँ मिनेटमा फिल फोडिनको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै महरेजले सिटीको जित सुनिश्चित गरेका थिए । पहिलो लेगमा सिटीले २–१ को अग्रता लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :