शिवगढीमा कोरोनाविरुद्ध जनस्वास्थ्य सेवा प्रभावकारी

शिवगढीमा कोरोनाविरुद्ध जनस्वास्थ्य सेवा प्रभावकारी

कपिलवस्तु : डा. प्रकाश चन्दले शिवगढीबासी नागरिकलाई कोरोनाबाट बचाउन आफू पनि यहीँ निर्मित आइसोलेसनमा खटिएको र वडामा सञ्चालनमा आएको आइसोलेसनलाई अझ विस्तार गर्न प्रभावकारी सेवा प्रदान गर्न पार्टीले सरकारसँग पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ९ मा आइतबार कोरोनाविरुद्ध जनस्वास्थ्य सेवा उद्घाटन गरिएको थियो ।

उक्त वडामा निर्मित आइसोलेसनमा अहिलेसम्म ९ जना सङ्क्रमित रहेको र १ जना डिस्चार्ज भई घर फर्केको जानकारी कोरोनाविरुद्ध जनस्वास्थ्य सेवामा क्रियाशील नेकपा महासचिव विप्लवका छोरा डा. प्रकाश चन्दले दिए ।

वडाबासीलाई कोरोना सङ्क्रमणबाट बचाउन र सङ्क्रमितलाई सहज उपचार पहुँचका लागि सर्वपक्षीय छलफलबाट वडाको सुन्दरीडाँडामा रहेको प्रकाश माविलाई आइसोलेसन बनाई सञ्चालनमा ल्याइएको जानकारी उनले दिए । ‘अहिले सङ्क्रमितहरूका लागि योग, कसरत, बेसार, पानी, नुनपानी गार्गन, फ्रेस फलफूल दैनिक दुईपटक, जाउलो २ छाक, बाफ २ पटक, साउन बाथ दैनिक ३ पटक, औषधी, अक्सिजनलगायत सेवा दिएको डा. चन्दले बताए ।

कोरोना सङ्क्रमणबाट सिकिस्त भएर अस्पताल जादाँ अस्पतालमा बेड नपाइने समस्या रहेकाले कोरोनाको लक्षण देखिनासाथ उपचार सुरु गर्न आइसोलेसन सञ्चालन गरिएको उनले बताए । तत्काल नेपाल कम्युनिस्ट पार्टीबाट ५ थान बेड र वडाबाट १० थान बेड तथा अक्सिजन उपलब्ध भएको जानकारी पनि उनले दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :