नेकपा बकैया गाउँपालिकाको विशेष भेला

नेकपा बकैया गाउँपालिकाको विशेष भेला

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले बकैया गाउँपालिकाको गाउँ विशेष तेस्रो भेला सम्पन्न गरेको छ । बकैया ५ गोसाई दमारमा मङ्गलबार सम्पन्न भेलामा जिल्ला इन्चार्ज राम घलान (वाटर) को प्रमुख आतिथ्य र प्रेम तितुङको विशेष आतिथ्य रहेको थियो ।

भेलामा मकवानपुरका जनसरकार प्रमुख तथा सचिवालय सदस्य विक्रम मगर, अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष तथा सचिवालय सदस्य विवेक घलान, अखिल (क्रान्तिकारी) मकवानपुरका उपाध्यक्ष तथा जिल्ला पार्टी सदस्य सूर्यबहादुर गोले, जिल्ला सदस्य चीनबहादुर थिङ, जिल्ला सदस्य रामहरि गुरुङ ‘प्रवीण’ लगायतको आतिथ्य रहेको थियो ।

भेलाले बकैया गाउँपालिकामा रामहरि गुरुङ सेक्रेटरी र श्याम सेन्चुरी सहसेक्रेटरी रहने गरी जुरे घिसिङ, सानु थिङ, हीरा जिम्बालगायत १५ सदस्यीय गाउँ समिति चयन गरेको छ ।

नवनिर्वाचित बकैया गाउँ समितिलाई बधाई तथा कार्य सफलताको शुभकामना दिँदै जनसरकार प्रमुख विक्रम मगरले दलाल संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्न सबै क्रान्तिकारीहरु एकीकृत जनक्रान्तिमा लामबद्ध हुनुपर्ने बताए ।

रामहरि गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन दलित मुक्ति मोर्चा नेपाल मकवानपुरका अध्यक्ष श्याम सेन्चुरीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :