‘बालिकालाई पेट्रोल छर्केर आगो लगाउने अपराधीलाई तत्काल कारबाही गर’

‘बालिकालाई पेट्रोल छर्केर आगो लगाउने अपराधीलाई तत्काल कारबाही गर’

बाजुरा : अखिल (क्रान्तिकारी) बाजुराले प्रेस विज्ञप्ति जारी गरी बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका ९ मलाल गाउँमा बिहे हेर्न गएकी पन्ताली गाउँकी १४ वर्षीया बालिका सभ्यता बुढामाथि पेट्रोल छर्केर आगो लगाउने अपराधीहरुमाथि तत्काल कारबाही गर्न माग गरेको छ ।

जिल्ला अध्यक्ष राजीव शाहीले जारी गरेको विज्ञप्तिमा उक्त घटनामा जलेर घाइते भएकी सभ्यताको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यसप्रकारको अमानवीय र पाशविक घटनाप्रति घोर निन्दा र भत्र्सना गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘बाजुरा जिल्लाको त्रिवेणी नगरपालिकाको वडा ९ मलाल गाउँमा बिहे हेर्न गएकी उक्त वडाकै पन्ताली गाउँकी १४ वर्षीया बालिका सभ्यता बुढामाथि मिति २०७८÷०१÷२० गते साँझतिर पेट्रोल छर्केर आगो लगाइएको छ । उक्त घटनामा उनी जलेर घाइते भएको हुँदा उनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ । यस्तो अमानवीय र पाशविक घटनाप्रति घोर निन्दा र भत्र्सना व्यक्त गर्दछौँ ।’

विज्ञप्तिमा भनिएको छ, ‘यस घटनामा संलग्न त्रिवेणी नगरपालिका ८ कालापानीका सुमन गिरीलगायत केही अन्य मानिसहरू रहेको भन्ने बुझिएको छ । हाल उनीहरू फरार रहेका छन् । यस्तो क्रूर र जघन्य अपराधमा संलग्न अपराधीहरुलाई छिटोभन्दा छिटो कानुनी कठघरामा उभ्याई कडाभन्दा कडा सजायको भागीदार बनाउन सम्बन्धित निकायसँग जोडदार माग गर्दछौँ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :