नेकपा सुर्खेतद्वारा नवीनप्रति श्रद्धाञ्जली

नेकपा सुर्खेतद्वारा नवीनप्रति श्रद्धाञ्जली

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी सुर्खेतले श्रद्धाञ्जली वक्तव्य जारी गर्दै नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति सुर्खेतका पूर्वजिल्ला सदस्य, चौकुने गाउँपालिका वडा नम्बर–७ निवासी ४२ वर्षीय नरबहादुर विक ठालु ‘नवीन’ प्रति श्रद्धाञ्जली प्रकट गरेको छ । जिल्ला सेक्रेटरी यमराजले जारी गरेको वक्तव्यमा परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरिएको छ ।

शोक वक्तव्यमा भनिएको छ, ‘हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी जिल्ला सङ्गठन समिति सुर्खेतका पुर्व जिल्ला सदस्य, जिल्ला सुर्खेत चौकुने गाउँपालिका वडा नम्बर–७ निवासी वर्ष ४२ का नरबहादुर विक ठालु ‘नविन’ को यहि मिति २०७८ साल वैशाख १२ गते राती भएको असामयिक निधनप्रति पार्टी गहिरो दुःख व्यक्त गर्दछ । कमरेड नविनको आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौँ । साथै यस दुःखद घडीमा घरपरिवारजन तथा आफन्तजनमा पार्टी हार्दिक समवेदना प्रकट गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :