अखिल (क्रान्तिकारी) पर्वतको जिल्ला सम्मेलन सम्पन्न

अखिल (क्रान्तिकारी) पर्वतको जिल्ला सम्मेलन सम्पन्न

कुस्मा : अखिल (क्रान्तिकारी) पर्वतको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले अमृत मास्केको नेतृत्वमा १९ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टी पर्वत जिल्ला इन्चार्ज अनन्त, अतिथिहरूमा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सचिव उषा, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा धौलागिरि ब्युरो संयोजक सुरेन्द्र बस्नेतलगायतको उपस्थिति थियो ।

मदन चापागाईंको अध्यक्षतामा सम्पन्न कार्यक्रमका वक्ताले वैज्ञानिक शिक्षा प्राप्तिको आन्दोलनमा सङ्गठन बलियो र सशक्त रूपमा अगाडि बढ्दै सबैखाले शैक्षिक समस्याको समाधानका लागि दृढ भएर अघि बढ्ने विश्वास व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :