बारा–पर्सामा नेकपाको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सुरु

बारा–पर्सामा नेकपाको सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सुरु

निजगढ : नेपाल कम्युनिस्ट पार्टी बारा–पर्साले बिहीबार बाराको निजगढबाट सङ्गठन सुदृढीकरण तथा विस्तार अभियान सुरु गरेको छ । नेपाल कम्युनिस्ट पार्टी बारा–पर्साले उद्घाटन कार्यक्रम आयोजना गरेर अभियान आरम्भ गरेको हो ।

अभियान उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला इन्चार्ज नयनले देश र जनतालाई अहिलेको दलाल पुँजीवादी व्यवस्थाले कष्ट थोपरेको, विदेशी हस्तक्षेप निम्त्याएको, देशको मेरुदण्ड युवा जनशक्ति विदेश पलायन गराएको, गरिब–निमुखा जनतालाई उठीबास लगाएकाले शान्ति, समानता, स्वाधीनता र समृद्धिका लागि वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने धारणा व्यक्त गरे । यही कार्यक्रम लिएर जनताको घरदैलोमा पुगी जनतालाई जागृत गर्नुपर्नेमा पनि उनले जोड दिए ।

अभियान उद्घाटन कार्यक्रमको अध्यक्षता नेपाल कम्युनिस्ट पार्टीका बारा–पर्सा जिल्ला सदस्य दुर्गमले गरेका थिए । कार्यक्रममा अतिथिका रूपमा जिल्ला सेक्रेटरी रक्तिम, जनसेवक टोलीका अभियान प्रमुख चिराग, युवा सङ्गठन नेपालका जिल्ला अध्यक्ष निरजकुमार शाह, अखिल नेपाल महिला सङ्घकी जिल्ला संयोजक लक्ष्मी लामाले सम्बोधन गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन क्रान्तिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :