क्याम्पस हाताभित्र भएको आक्रमण गुण्डागर्दी शैली : अखिल (क्रान्तिकारी)

क्याम्पस हाताभित्र भएको आक्रमण गुण्डागर्दी शैली : अखिल (क्रान्तिकारी)

पोखरा : पृथ्वीनारायण क्याम्पसमा CSIT अध्यनरत बिद्यार्थीहरूको आन्दोलनबाट उत्पन्न परिस्थिति र झगडाको बिषयमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) पिएन क्याम्पस जिल्ला समितिले आफ्नो ध्यानाकर्षण भएको जानकारी दिएको छ ।

बुधबार पिएन जिल्ला समिति अध्यक्ष उपेन्द्र परियारले एक विज्ञप्ति जारी गर्दै क्याम्पस हाताभित्र गुण्डागर्दी, अपराधीक र नवमण्डले शैलीबाट विद्यार्थीहरूमाथि जुन खालको आक्रमण भएको छ त्यसप्रति सङ्गठनको गम्भीर ध्यानाकर्षण रहेको जनाएका छन् ।

यस्तै विज्ञप्तिमा थप उल्लेख गर्दै उत्पन्न परिस्थितिको सत्यतथ्य छानबिन गरि दोषिमाथि कडा कारवाही गर्न जोडदार माग गर्दै उक्त गतिविधि हुन नदिन क्याम्पस प्रशासनलाई र सम्बन्धित समूह आबद्ध सङ्गठनलाई हामी यसै विज्ञप्तिमार्फत चेतावनी समेत सार्वजनिक गरेको छ ।

१४ गते दिउँसो एमालेका माधब नेपाल र ओली पक्षका विद्यार्थी कार्यकर्ताबीच पोखरा पृथ्वीनारायण क्याम्पसमा झडप भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :