क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको संयोजकमा सापकोटा

क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको संयोजकमा सापकोटा

पोखरा : सामाजिक दलाल, फासिवादको प्रतिरोध गरौँ ! वैज्ञानिक समाजवाद प्राप्तिको दिशामा अघि बढौँ !! भन्ने मूल नाराका साथ अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ कास्कीको भेला आयोजक समिति गठन भएको छ ।

बुधबार पोखराको औद्योगिक क्षेत्र नजिक भएको भेलामा प्रमुख अतिथि गण्डक ब्युरो सदस्य एवम् कास्की जिल्ला इन्चार्ज पुर्नजित पुन ‘उभार’, कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुली, अनेम सङ्घ (क्रान्तिकारी) कास्कीकी अध्यक्ष लक्ष्मी खड्का, पोखरा महानगर सेक्रेटरी बद्री लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रमले लेखनाथ सापकोटाको संयोजकत्वमा १५ सदस्यीय भेला आयोजक समिति गठन गरेको छ ।

कार्यक्रममा मन्तब्य राख्ने क्रममा कास्की जिल्ला इन्चार्ज उभारले सातौँ जिल्ला भेला भव्यताका साथ सम्पन्न गर्न बन्ने भेला आयोजक टिमलाई शुभकामना दिँदै मजदुरहरू एकताबद्ध हुन आग्रह गरे । मजदुरहरूले माक्र्सवादी बिचार केन्द्रमा राखेर मालिकहरू, पुँजीवादीहरू बिरुद्ध लड्ने क्रममा मालिकहरूले या पुँजीवादीहरूले आज मजदुरहरूलाई टुटफुट पैदा गराएर खण्ड–खण्ड बनाएको अवस्था रहेको बताए ।

आजका मजदुरहरू आफ्नो मागहरू, आम मजदुरको आन्दोलन तितरबितर भएको अवस्थामा आफ्नो हक, हित र अधिकारका लागि अग्रगामी बिचार लिएर सङ्गठित हुँदै जानुपर्नेमा जोड दिएका थिए ।

उनले थप जोड दिँदै मजदुर मुक्तिका लागि मजदुर गतिविधि, मजदुरको क्रान्तिकारी बिचारलाई समातेर सहि एजेन्डा, सहि बिचार र सहि प्रतिनिधिको छनौट गरेर अग्रगामी सोंचका साथ सङ्गठित भएर अघि बढ्नुपर्ने बताए ।

उक्त कार्यक्रममा आफ्नो भनाई राख्दै कास्की जिल्ला सेक्रेटरी गोकुल पराजुलीले लामो समय मजदुर आन्दोलन उठिरहे पनि अझैँ मजदुरको समस्या उस्तै रहेको साथै मजदुर सङ्गठनमा सङ्गठित गर्ने नेताहरू मृत्यु शैयामा छट्पटीदँै हिडिरहेको अवस्था सृजित भएको बताए । यस्तै उनले मजदुरहरूको मागहरू हिजो जे थिए आज त्यही नै रहेको उल्लेख गर्दै त्यसैका निम्ति आज सहिद हुन तयार भएर निरन्तर मजदुरहरूको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म लागीरहने सङ्कल्प गरेको र यसैको बाबजुत एकीकृत जनक्रान्ति मार्फत अघि बढ्ने बताए ।

कार्यक्रम कास्की जिल्ला संयोजक काजिमान अधिकारीले सञ्चालन गरेका थिए भने स्वागत मन्तब्य युवा सङ्गठन कास्कीका प्रतिनिधि प्रमोदसिंहले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :