जनआस्थालाई पीतपत्रकारिता नगर्न नेकपाको आग्रह

काठमाडौँ : जनआस्थाडटकम नाम गरेको अनलाइन पत्रिकाले नेकपा र पार्टीका नेताहरूका बारेमा भ्रमपूर्ण समाचार प्रकाशन गरेको भन्दै नेकपाले पीत पत्रकारिता नगर्न अनुरोध गरेको छ ।

उक्त पत्रिकाले वैशाख १४ गतेको अङ्कमा ‘बाबाजी बनेर देश डुलेका थिए विप्लव’ शीर्षकमा कपोलकल्पित, भ्रामक र तथ्यहीन समाचार प्रकाशित गरी पार्टी र नेताबारे भ्रम फिँजाउने षड्यन्त्र गरेकाले अब आइन्दा यसकिसिमका भ्रामक र तथ्यहीन समाचार प्रकाशन नगर्न पनि नेकपाले सावधानी गराएको छ ।

नेकपा हेडक्वार्टर स्रोतले भनेको छ, ‘मुलुकमा न्याय, समानता, शान्ति नचाहने र अस्थिरता मच्चाउन षड्यन्त्र गरिरहेको शक्तिले नेकपाविरुद्ध यस किसिमका कपोलकल्पित र भ्रमपूर्ण अफवाह फैलाउने गरेको छ ।’ नेकपास्रोतले आफ्नो पार्टीका नेताहरू कुनै पनि भेषमा कुनै पनि मुलुकमा नबसेको र जनताका बीचमा जनसेवामा तल्लीन रहेको पनि प्रस्ट पारेको छ ।
नेकपा स्रोतले उक्त समाचार पुष्टि गर्न चुनौती पनि दिएको छ ।

स्मरणीय छ, यसअघि नागरिक नाम गरेको दैनिक पत्रिकाले पनि नेकपाका बन्दी नेताहरू रिहा हुन कठिन भन्दै नेकपा र सरकारबीच सम्पन्न तीनबुँदे सहमति भाँड्ने आसयले भ्रामक समाचार प्रकाशन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :