नेकपा गण्डकी गाउँपालिकाको अध्यक्षमा रिजाल

नेकपा गण्डकी गाउँपालिकाको अध्यक्षमा रिजाल

गोरखा : नेपाल कम्युनिस्ट पार्टी गण्डकी गाउँपालिकाको प्रथम गाउँपालिका भेला सम्पन्न भएको छ । भेलाले विष्णु प्रसाद रिजाललाई गाउँपालिका सेक्रेटरी चयन गर्दै ११ सदस्यीय कार्यसमिति निर्माण गरेको छ ।

भेलामा सम्बोधन गर्दै प्रमुख अतिथि तथा नेकपा गोरखाका जिल्ला इन्चार्ज कपिल भट्टले फागुन २१ गते केपी ओली नेतृत्वको सरकारसँग भएको वार्ताका विषयमा बाहिर जनतामा विभिन्न खाले भ्रम छरिएकोले त्यस्ता भ्रममा नपरी पार्टी निर्माण र अभियानमा निरन्तर लागि पर्न आग्रह गरे । उनले जनताका मुख्य–मुख्य र व्यवस्थाका विषयमा जनमत सङ्ग्रह गरि निर्णय गरिनुपर्ने बताए । उनले यहि व्यवस्थामा नेकपा सरकार र चुनावमा सहभागी कुनै पनि हालतमा सहभागी नहुने बताए । वैज्ञानिक समाजवादी व्यवस्था नै दलाल संसदीय व्यवस्थाको उत्तम विकल्प रहेको बताए ।

भेलामा नेपाल कम्युनिस्ट पार्टी गोरखाका जिल्ला सेक्रेटरी सरल, नेकपा गोरखा नगरपालिका सेक्रेटरी केशवराज भट्टराई, अखिल (क्रान्तिकारी) गोरखाका जिल्ला अध्यक्ष गगन परियार अतिथि रहेका थिए भने विष्णुप्रसाद रिजालको अध्यक्षतामामा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :