जनपत्रकार सङ्गठन गुल्मीको संयोजकमा डिबी खड्का

जनपत्रकार सङ्गठन गुल्मीको संयोजकमा डिबी खड्का

गुल्मी : जनपत्रकार सङ्गठन नेपाल गुल्मीको प्रथम भेला सम्पन्न भएको छ । मङ्गलबार सम्पन्न भेलाले डिबी खड्काको संयोजकत्वमा ९ सदस्यीय जिल्ला समिति गठन गरेको छ ।

कार्यक्रममा नेकपा गुल्मी/अर्घाखाँची जिल्ला सेक्रेटरी माहुरीले जनपक्षीय पत्रकारिताको माध्यमबाट वर्तमान दलाल पुँजीवादी राज्यसत्ताको चरित्र विरुद्ध लेख्नु र बोल्नुपर्ने बताए । उनले विगतको राजनीतिक, सांस्कृतिक, आर्थिक, सामाजिक, शैक्षिक आन्दोलनमा क्रान्तिकारी पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको बताए ।

यसैगरी जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासङ्घका अर्घाखाँची जिल्ला सह–सचिव अनिल नेपालीले समाजमा भइरहेका तमाम विकृति र विसङ्गतिको अन्त्य गर्नको निमित्त खोज पत्रकारिता गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :