ट्रेड युनियन महासङ्घ नवलपुरको जिल्ला सम्मेलन सम्पन्न

ट्रेड युनियन महासङ्घ नवलपुरको जिल्ला सम्मेलन सम्पन्न

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ नवलपुरको सातौँ जिल्ला सम्मेलन सम्पन्न भएको छ ।

मङ्गलबार सम्पन्न सम्मेलनले महेश आचार्यको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा घिमिरे, सचिवमा गोपाल बस्नेत, सह–सचिवमा सिता वाग्ले, कोषाध्यक्षमा विष्णु देवकोटा निर्वाचित भएका छन् ।

कार्यक्रममा नेकपा नवलपुर जिल्ला इन्चार्ज ध्रुवले वर्तमान दलाल पुँजीवादी राज्यसत्ता आम श्रमिक मजदुर वर्गको हितमा नरहेको भन्दै आक्रोश व्यक्त गरे । उनले सम्पूर्ण मजदुर, किसान, सुकुम्बासीको अग्रगामी समाधान वैज्ञानिक समाजवादले दिने र यो व्यवस्था प्राप्तिको लागि एकीकृत जनक्रान्तिको कार्यदिशामा सामेल भई कठोर सङ्घर्ष गर्नुपर्ने बताए । अखिल नेपाल क्रान्तिकारी यातायात मजदुर सङ्गठनका केन्द्रीय अध्यक्ष श्याम सेन्चुरीले विगतको नेपालको क्रान्तिकारी मजदुर आन्दोलन नेतृत्वले धोका दिएपछि विचनलमा रहेको भन्दै दुःख व्यक्त गरे । उनले मजदुर वर्गको पूर्ण मुक्तिको लागि राज्य सत्ताको स्वरुप बदल्नुपर्ने र मजदुर संगठनहरूलाई व्यापक रुपमा विस्तार गर्नुपर्ने बताए ।

कार्यक्रममा नेकपा रूपन्देही जिल्ला सेक्रेटरी विदुर, सहिद परिवारको तर्फबाट मङ्गलसेन, युवा सङ्गठन नेपाल नवलपुर जिल्ला अध्यक्ष अविनाश, नेकपा नवलपपुर जिल्ला सदस्य विशाल लगायत नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । महेश आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन गोपाल बस्नेतले गरेका थिए भने स्वागत मन्तव्य सिता वाग्लेले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :