सिन्धुली, सर्लाही–महोत्तरीमा भित्तेलेखन अभियान तिव्र

सिन्धुली, सर्लाही–महोत्तरीमा भित्तेलेखन अभियान तिव्र

काठमाडौँ : युवा सङ्गठन नेपाल जनकपुर ब्युरोले मङ्गलबार चौथो दिन पनि भित्तेलेखन अभियानलाई निरन्तरता दिइएको छ ।

सर्लाही–महोत्तरीमा युवा सङ्गठन नेपालका जिल्ला अध्यक्ष प्राणकुमार लामा लिपुलेकको नेतृत्वमा सञ्चालन गरिएको छ । अभियानमा युवा सङ्गठन नेपाल जनकपुर ब्युरो इन्चार्ज बिचारमान थिङ, ब्युरो सदस्य तथा जिल्ला इन्चार्ज कमल सुस्लिङ, जिल्ला सदस्य तथा जनसत्ता प्रमुख बसिस्ट मिस्रको पनि उपस्थिति रहेको थियो ।

युवा सङ्गठन नेपाल सिन्धुली जिल्ला अध्यक्ष तेजबहादुर पाख्रीनको नेतृत्वमा सञ्चालन गरिएको छ । ब्युरो इन्चार्ज बिचारमानले बताए अनुसार कोभिड १९ लाई ध्यानमा राख्दै सबै उपस्थित नेता कार्यकर्ता सबैलाई अनिवार्य मास्क र सेनिटाइजर प्रयोग गर्न सल्लाह दिएको छ भने जनकपुर ब्युरो अन्तरगत अभियान निरन्तर सञ्चालन गर्ने बताएको छ ।

अभियानमा सहभागी हुन सबै जिम्मेवार युवाहरुलाई आ–आफ्नो कार्यक्षेत्रमा लाग्न अपिल पनि गरिएको छ । अभियानलाई सिराहा–सप्तरी संयुक्त जिल्लाबाट २०७८ बैशाख ११ गते युवा सङ्गठन नेपालका चौथो राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य तथा निवर्तमान उपाध्यक्ष दिनेशले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :