कुखुरापालक किसानहरु संगठित

कुखुरापालक किसानहरु संगठित

मकवानपुर : अखिल नेपाल कुखुरापालक किसान सङ्घ क्रान्तिकारीको पहिलो राष्ट्रिय भेला मकवानपुरमा मङ्गलबार सम्पन्न भएको छ ।

भेलाले प्रेम तितुङको संयोजकत्वमा १७ सदस्यीय भेला आयोजक समिति चयन गरेको छ । समितिमा कृष्ण पौडेल, बलबहादुर गन्धर्व, श्याम पौडेल, जीवन कडरिया, सुवास भुजेल, टंकप्रसाद गौतम, जितबहादुर तामाङ, ऋतु विक, मीन लामा, दिलमाया मोक्तान र निर्धन बस्नेत रहेका छन् ।

हरि श्रेष्ठको प्रमख आतिथ्यमा सम्पन्न भेलामा विशेष अतिथि नेकपा मकवानपुर इन्चार्ज जमिन र अतिथिमा अखिल नेपाल क्रान्तिकारी किसान महासङ्घका महासचिव सागर अर्याल, मकवानपुर जनसरकार प्रमुख विक्रम, अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला अध्यक्ष ज्योति सहभागी थिए । प्रेम तितुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रकाश ढकाल र स्वागत मन्तव्य विनोद देवकोटाले राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :