युवा सङ्गठन गोदावरी नगरको भेला

युवा सङ्गठन गोदावरी नगरको भेला

ललितपुर : युवा सङ्गठन नेपाल ललितपुर, गोदावरी नगरपालिकाको नगर भेला सम्पन्न भएको छ । उक्त भेलाको प्रमुख अतिथि युवा सङ्गठन नेपाल उपत्यका विशेष ब्युरो इन्चार्ज प्रविन धामी, विशिष्ट अतिथि नेपाल कम्युनिस्ट पार्टी ललितपुर जिल्ला इन्चार्ज रमेश डङ्गोल, अतिथिहरू नेकपा ललितपुर जिल्ला सेक्रेटरी रूपसिंह बोहोरा, नेकपा ललितपुर महानगर इन्चार्ज महालक्ष्मी र युवा सङ्गठन नेपाल ललितपुर जिल्ला संयोजक सुदीप उपस्थित थिए ।

उक्त भेलाले युवा सङ्गठन नेपाल गोदावरी नगरपालिका अध्यक्षमा हरिकृष्ण, उपाध्यक्षमा कृष्ण, सचिवमा सञ्जयलगायत ११ सदस्यीय नगर समिति चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि र अतिथिहरूले वर्तमान राजनीतिक परिस्थिति, दलाल संसदीय व्यवस्था, वैज्ञानिक समाजवाद र एकीकृत जनक्रान्तिबारे चर्चा–परिचर्चा गर्नुका साथै युवा सङ्गठन नेपाल पार्टी र क्रान्तिको भरोसाको केन्द्र भएकाले आफ्नो महत्वपूर्ण भूमिकालाई दृढतापूर्वक पूरा गर्न सम्पूर्ण युवाहरूलाई आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :