रुकुम पश्चिमका जनपत्रकार सङ्गठित

रुकुम पश्चिमका जनपत्रकार सङ्गठित

मुसीकोट : जनपत्रकार सङ्गठन नेपाल रुकुम पश्चिमको सम्मेलन आयोजक समिति गठन भएको छ । रुकुम पश्चिमको सदरमुकाम मुसीकोट नगरपालिकामा १२ गते बसेको बैठकले गमानसिङ घर्तीको संयोजकत्वमा ७ सदस्यीय सम्मेलन आयोजक समिति गठन गरेको हो । समितिमा मोहन वली, प्रतिभा पौडेल, माया महर, गौरव पुन, वेगम खड्का, अविरल चन्द रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा रुकुम पश्चिमका इन्चार्ज चन्द्र बुढाले समाजमा शोषित–पीडित र वर्गीय हिसाबले पछाडि पारिएका जनताका दुःख र पीडाका पक्षमा जनपक्षीय पत्रकारिता गर्न आग्रह गरे ।

नेकपाका जिल्ला फ्याक्सन इन्चार्ज रहेका विशेष अतिथि नरेन्द्र विकले समाज परिवर्तन हुनमा सञ्चारको भूमिका प्रमुख हुने भएकाले समाजमा श्रमशोषण र दमन गर्ने, सार्वजनिक पदधारण गरी कालो धन बटुल्ने पात्र र प्रवृत्तिका विरुद्ध कलम चलाउन अनुरोध गरे ।

बैठकले ‘वैज्ञानिक समाजवादका पक्षमा हाम्रो दृढ प्रतिबद्धता : विचारसहितको स्वच्छ, निष्पक्ष र पूर्ण व्यावसायिक पत्रकारिता’ नाराका साथ महान् सहिद स्रष्टा कृष्ण सेन ‘इच्छुक’ स्मृति दिवसका दिन मुसीकोटमा जिल्ला सम्मेलन गर्ने, जनपक्षीय पत्रकारिताको सीप विकास, क्षमता अभिवृद्धि, आधारभूत तालिम, श्रमजीवी पत्रकार हकहित र अधिकारको कार्यान्वयन, सरोकारवालाको ध्यानाकर्षण गराउनेलगायत निर्णय गरेको छ ।

बैठकमा नेकपाका जिल्ला इन्चार्ज चन्द्र बुढा, फ््रयाक्सन इन्चार्ज नरेन्द्र विक, नेकपाका जिल्ला सचिवालय सदस्य मोतीराम खड्कालगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :