ट्रेड युनियन महासङ्घ गोरखाको संयोजकमा पन्त

ट्रेड युनियन महासङ्घ गोरखाको संयोजकमा पन्त

गोरखा बजार : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ गोरखा जिल्ला समितिको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकले रोहितप्रसाद पन्तको संयोजकत्वमा ११ सदस्यीय जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ ।

बैठकमा प्रशिक्षणात्मक मन्तव्य राख्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी गोरखाका इन्चार्ज कपिल भट्टले मजदुरहरूको अधिकार प्राप्तिका लागि संगठित हुनुपर्ने र ट्रेड युनियन महासङ्घ नै मजदुरहरूको अधिकारका लागि निरन्तर लड्दै आएको बताए । उनले संसदीय व्यवस्थामा मजदुरको अधिकार प्राप्त नहुने र देशमा औद्योगिकीकरणको सम्भावना नरहेको भन्दै यी सबै समस्याको समाधान वैज्ञानिक समाजवादी व्यवस्था रहेको बताए ।

कार्यक्रममा नेकपा मनाङ इन्चार्ज योगेन्द्र कुमाल, जिल्ला सेक्रेटरी सरल, नेकपा गोरखा नगरपालिका सेक्रेटरी केशवराज भट्टराई, अखिल (क्रान्तिकारी) गोरखाका अध्यक्ष गगन परियार, अखिल (क्रान्तिकारी) गोरखाका जिल्ला उपाध्यक्ष दिनेश बोहोरा अतिथि थिए । बैठकको सञ्चालन रोहितप्रसाद पन्तले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :