मजदुरले सङ्गठन छोडेका होइनन् : महासङ्घ

मजदुरले सङ्गठन छोडेका होइनन् : महासङ्घ

काठमाडौँ : अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले प्रेस वक्तव्य जारी गर्दै केही सञ्चारमाध्यममा आफ्नो सङ्गठनमा आबद्ध केही मजदुरले सङ्गठन छोडेको भनी फैलाइएको हल्ला सत्य नभएको जनाएको छ ।

महासङ्घका संयोजक विनोद थापाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पार्टी सङ्गठनबाट अलग रहेको घोषणा गर्ने व्यक्तिहरू लामो समयदेखि निष्क्रिय रहेको, सङ्गठनको पद्धतिमा नरहेको, अराजक गतिविधिमा संलग्न रहेको हुँदा उनीहरूले सङ्गठनको लेटरहेड दुरुपयोग गरी अवैध कार्य गरेकाले त्यसलाई आधार मानी आएका यस्ता खबरप्रति कुनै सम्बन्ध नरहेको र क्रान्तिकारी मजदुर आन्दोलनप्रति समर्पित रहने जोकोहीले पनि सिङ्गो पार्टी सङ्गठनप्रति आँच पुर्याउने कामको कल्पनासम्म गर्न सकिँदैन ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘छैटौँ राष्ट्रिय सम्मेलनमा भएको असहमतिको हवाला दिँदै आएको विज्ञप्तिको हर्ताकर्ताले बासी कुरा उचालेर पश्चगमन र जालझेललाई नै प्रश्रय दिने गरी इमानदार मजदुर नेता–कार्यकर्तालाई भ्रमित बनाउन खोजेकाले सम्पूर्ण श्रमिक मजदुर मित्र तथा साथीहरू यस्ता कपोलकल्पित भ्रमका बारेमा सचेत रहनुहुन यसै प्रेस विज्ञप्तिमार्फत हार्दिक अनुरोध गर्दछु ।’

विज्ञप्तिमा भनिएको छ, ‘सङ्घर्षको भीषण आँधीहुरीको सामना गर्दै आधारभूत वर्गप्रति सदैव निष्ठापूर्वक काम गर्दै नयाँ विकल्पसहित मजदुरको क्षेत्रमा क्रियाशील हाम्रो सङ्गठनको बदनाम गराउने उद्देश्यबाट प्रेरित केही सञ्चारमाध्यममा मिति २०७८/१/११ गते मजदुरहरूले छोडे विप्लवको साथ भन्ने शीर्षक राखी आएको खबरप्रति महासङ्घको गम्भीर ध्यान आकर्षित भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :