प्यारामाउण्ट घटनाको दोषीलाई कडा कारवाही गर : अखिल (क्रान्तिकारी)

प्यारामाउण्ट घटनाको दोषीलाई कडा कारवाही गर : अखिल (क्रान्तिकारी)

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) रूपन्देहीले प्यारामाउण्ट बोर्डिङ हाई स्कुलमा घटेको दुःखद् घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।

शनिबार सङ्गठनका जिल्ला अध्यक्ष इन्दु वलीले विज्ञप्तिमार्फत् तिलोत्तमा नगरपालिका–१, रुपन्देहीस्थित प्यारामाउण्ट बोर्डिङ् हाई स्कुलमा कक्षा–१० मा अध्ययनरत विद्यालयकै होस्टेलमा बस्दै आइरहेकी छात्रा प्रतिभा सापकोटाको केही दिनदेखि स्वास्थ्यमा आएको समस्याबारे जानकारी हुँदाहुँदै पनि अभिभावकलाई जानकारी नदिइएको, उपचारको लागि कुनै पहल नगरी विद्यालय प्रशासनले गरेको लापरबाहीको कारण उनको मृत्यु भएको बताएका छन् । साथै सो घटनाबारे त्यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले प्रशासनको जवाफ माग्दा प्रहरीले दमन गरेको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सो घटनाको सत्यतथ्य छानबिन गरि दोषिमाथि तत्काल कारवाही गर्न र पीडित पक्षलाई न्यायको प्रत्याभूति गराउन हाम्रो सङ्गठन जोडदार माग गर्दछ । अन्यथा भएको खण्डमा हाम्रो सङ्गठन कडा सङ्घर्ष गर्न बाध्य हुने कुरा पनि जानकारी गराइन्छ । हाम्रो सङ्गठन मृतक प्रतिभा सापकोटाप्रति श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :