आस्थाका बन्दीहरूले बाजुरा कारागारभित्रै गरे श्रद्धाञ्जली सभा

आस्थाका बन्दीहरूले बाजुरा कारागारभित्रै गरे श्रद्धाञ्जली सभा

बाजुरा : नेपाल कम्युनिस्ट पार्टीले बाजुरा कारागारभित्रै श्रद्धाञ्जली सभा कार्यक्रम गरेको छ । शनिबार बाजुरा कारागारमा नेपाल कम्युनिस्ट पार्टीका कैलाली जिल्ला सदस्य नरेश मल्ल ‘अशोक’ को निधन भएको तेह्रौँ दिनमा श्रद्धाञ्जली सभा कार्यकक्रम गरेको हो । मल्ल बझाङ जिल्लाको केदारस्यु गाउँपालिका वडा न १ का स्थायीबासी हुन् । मल्लको निधन चैत्र ३० गते ३२ वर्षको उमेरमा भएको थियो । उनी युद्धकालदेखि नै माओवादी आन्दोलनमा लागेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य चुडामणि ओली ‘आदर्श’ ले मल्लको निधनले आफूहरूलाई मर्माहत् बनाएको बताए । मल्लले देश र जनताको लागि गरेको त्यागलाई नेकपाले कहिल्यै पनि नभुल्ने आदर्शको भनाई थियो । आदर्शले मल्लका परिवार, आफन्तहरूमा दुःखको घडीमा शोकलाई शक्तिमा बदल्ने शक्ति प्रदान गरोस् भन्ने कामनासमेत गरेका छन् ।

संसदीय व्यवस्थाले नेपालमा देश र जनतालाई आघात पुग्ने काम गरेको बताएका छन् । अन्याय, अत्याचार र भ्रष्टाचार एकपछि अर्को बढ्दै गइरहेको छ, संसदीय व्यवस्थामा भाग लिने पार्टीहरू पुरै बहुला कुकुरजस्तो झगडा गरेर देशलाई ठुलो खाल्डोमा पारेर बर्बाद बनाएका छन्, राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक रूपले नामेट बनाउने काम गरेका छन्, संसदीय व्यवस्था काम नलाग्ने फोहोरको डङ्गुर भैसक्यो यसको विकल्प खोजिनुपर्छ, अब नेपाली जानता सचेत हुनुपर्छ आदर्शले भने ।

यस्तै कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरूले मल्लको निधनले आफूहरूलाई धेरै दुःखी बनाएको बताएका थिए । उनीहरूले दिबंगत आत्माप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारप्रति धैर्यधारण गर्ने शक्ति मिलोस भन्ने कामना समेत गरेका छन् । उनीहरूले भनेका छन्– उनले क्रान्तिको झन्डा सधैँ उठाइराख्नु भयो, अब हामी त्यो झन्डालाई झन् उचाइमा पुर्याउनेछौँ, उहाँका सपना एकीकृत जनक्रान्तिबाट पूरा गरेरै छाड्छौँ ।

वक्ताहरूले देशमा भैरहेको भ्रष्टाचार, अन्याय, अत्याचार र घुसखोरीहरूप्रति तिब्र आक्रोश पोखेका छन् । उनीहरूले भनेका छन्– ‘देशकै राष्ट्रिय गौरवको आयोजनामा अनियमितता भयो, यति धेरै अनियमितता हुँदाहुँदै पनि सबै किन चुप् बसेका छन् ?, हेर्नुस् पुर्वदेखि पश्चिम महाकालीसम्म जोड्ने मदनभण्डारी राजमार्ग अन्तर्गत रोल्पा र सल्यान लगायत भू–भागमा कति चलखेल गरेका छन्, कोई चुइक्क बोलेको छ ?’,

उनीहरूले रोल्पामा अहिले मात्रै नभएर पहिलेदेखि नै विकासमा खडेरी लागेको बताएका छन् । उनीहरूले भनेका छन्– ‘पाहिलेदेखि नै विकासमा अनियमितता भएको अहिले आएर पुष्टि भयो, तत्कालीन समयमा रोल्पाबाट विर्वाचन जितेका प्रचण्ड प्रधानमन्त्री भए, वर्षमान पुन र कृष्णबहादुर महरा अर्थमन्त्री भए, त्यतिखेर लिवाङ–जिनाबाङ सडकखण्डमा बजेट हालेनन्, फेरी वर्षमान पुन उर्जामन्त्री भए, त्यतिखेर पनि जिनावाङ–पाखापानी ३ वर्षे बिद्युत परियोजना पनि लागु गर्न दिएनन्, त्यति मात्र होइन, रोल्पाका हरेक विकास निर्माणमा भाँजो हाल्ने काम प्रचण्ड लगायत नेताहरूले गरिरहेका छन्, अहिले आएर मदनभण्डारी राजमार्गमा पनि हालीमुहाली गरेर जनतालाई धोका दिएका छन्, यति धेरै अनियमितता गरेको देख्दादेख्दै जनताले त छोड्ने कुरा भएन, जनताले गरेको प्रतिकारबाट पर्ने असरको जिम्मा अब प्रचण्ड र बर्षमान पुन लगायतका नेताले लिनुपर्छ ।’,

अहिले पनि सल्यान र रोल्पाका केही मुठ्ठीभरका व्यक्तिले मदनभण्डारी राजमार्गमा हालीमुहाली गरेका छन्, जनयुद्धमा ध्वस्त भएको बुरासे गाउँलाई बाईपास गरेर आफ्नो घर आगाडिबाट राजमार्ग बनाउन कम्मर कसेर लागेका छन् । रोल्पाका वर्षमान पुन, सल्यानका टेकबहादुर बस्नेत, प्रकाश ज्वाला लगायतका नेताहरू लाखौँ जनतालाई धोका दिँदै लामो दुरीबाट लिएर आफ्नो घरघरमा पुर्याउँदै छन्, यो त जनताले सहने कुरै भएन, अझैँ पनि सच्चिने मौका छ, नसच्चिए जनताले आफ्नो स्टेप त चाल्छन् नै त्यसको जिम्मा तिनका पार्टी नेतृत्वले त लिनुपर्यो नि ?’, उनीहरूले भने ।

उनीहरूले पुर्वदेखि पश्चिम महाकालीका ३ करोड जनतालाई गरेको अन्यायपूर्ण चलखेलले देश बर्बादीतर्फ गएको भन्दै आक्रोश पोख्दै भनेका छन्– ‘जनाता र देशकै लागि यो दुर्भाग्य हो, यति धेरै भ्रष्ट गर्नेलाई त भोलि जनताले छोड्नेवाला पनि छैनन् ।’,

स्वागत मन्तव्य उदय कसेरा ‘उदय’ ले गरेका थिए भने अतिथिहरू गोरख राज गिरी, लक्ष्मण रावत र टोपेन्द्रसिंह रहेका थिए । वक्ताहरू धर्मराज सुनार ‘धर्मेन्द्र’, अम्मलाल थापा ‘आशिष’, डबल नेपाली ‘दमन’, डम्मर सुनार ‘पहाड’ र निरप रावल रहेका थिए ।

कार्यक्रम सञ्चालक कृष्णबहादुर विकले गरेका थिए भने कार्यक्रमको अध्यक्षता राजेश कुमार शाही ‘आकाश’ ले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :