राङ्सिराङमा इलाका स्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

राङ्सिराङमा इलाका स्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम

राङ्सिराङ : नेपाल कम्युनिस्ट पार्टीको विशेष जिल्ला अन्तरर्गत डि.वान. को राङ्सिराङ गाउँपालिका वडा नं. ८ मा शनिबार इलाका स्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

इलाका इन्चार्ज वसन्तको अध्यक्षतामा उक्त भेलाका प्रमुख अतिथि जिल्ला इन्चार्ज पेमा, अतिथिहरू डि.वान. सेक्रेटरी किरन, जिल्ला सदस्य विरबहादुर लामा, जिल्ला सदस्य सलिन, शिक्षक सङ्गठनको संयोजक रिता कुमारी, महिला सङ्गठनकी संयोजक सुन्तली थिइन् भने इलाका सेक्रेटरी सन्देशले सञ्चालन गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पेमाले अब देशमा फेरि ज्वलामुखि बिस्फोट हुने बेला भएको र अब जनता ज्वालामुखी बनेर निस्कनु पर्नेमा जोड दिए । उक्त भेलामा सहभागीहरूलाई एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादको विषयमा परिक्षण दिइएको समाचार प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :