कैलालीको लम्कीमा मुक्त कमलरीको विरोध प्रदर्शन

कैलालीको लम्कीमा मुक्त कमलरीको विरोध प्रदर्शन

धनगढी : कैलालीको लम्कीमा मुक्त कमलरीहरूले विरोध प्रदर्शन गरेका छन् । शिक्षामा मुक्त कमलरीलाई प्रदान गरिने छात्रवृत्ति बृद्धि गरिनुपर्ने, मुक्त कमलरी र उनका परिवारका सदस्यलाई सिपमूलक तालिम दिइनुपर्ने, विगतमा मुक्त कमलरी विकास मञ्चसँग सरकारले गरेको दश बुँदे सहमति लागु गरिनुपर्ने, कमलरीलाई रोजगारीको व्यवस्था गरिनुपर्ने लगायतका माग राख्दै कमलरीहरूले प्रदर्शन गरेका हुन् ।

पुर्व लम्कीको मुक्त कमैया शिविरबाट शुरू भएको विरोध जुलुस लम्कीचुहा नगरपालिका कार्यालयमा गई ज्ञापनपत्र बुझाइएको थियो । मुक्त कमलरी विकास मञ्चले देशव्यापी घोषणा गरिएको कार्यक्रम अनुसार लम्कीचुहा नगरपालिकामा ज्ञापनपत्र बुझाइएको मुक्त कमलरी विकास मञ्च कैलालीकी अध्यक्ष विन्द्रा चौधरीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :