जनपत्रकार सङ्गठन डोटीमा थापा

जनपत्रकार सङ्गठन डोटीमा थापा

सिलगढी : जनपत्रकार सङ्गठन नेपाल डोटीको बैठकले संयोजकमा जीवन थापालाई चयन गरेको छ । सिलगढीमा बसेको बैठकले थापाको संयोजकत्वमा ७ सदस्यीय जिल्ला भेला आयोजक समिति गठन गरेको हो ।

बैठकमा सम्बोधन गर्दै नेकपा डोटी जिल्ला सेक्रेटरी विमल धामीले पत्रकार समाजको सचेत वर्ग भएकाले समाजका हरेक विकृति र विसङ्गतिका विरुद्ध बोल्नु र लेख्नुपर्ने बताए ।

जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य तथा सेम ब्युरो संयोजक प्रकाश थापाले पत्रकार समाजको महत्वपूर्ण क्षेत्र भएकाले समाजमा देखिएका विकृति र विसङ्गति हटाउन आन्दोलन गर्नुपर्ने धारणा राखे ।

बैठकको अध्यक्षता तथा सञ्चालन जीवन थापाले गरेका थिए भने नेकपा जिल्ला सदस्य कृष्णबहादुर बोहरा, सुशील मलासी, अखिल (क्रान्तिकारी) का जिल्ला संयोजक प्रकाश कठायत र जिल्ला आयोजक समिति सदस्य दीपक भण्डारी अतिथिका रूपमा उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :