नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको बैठक सुरु

नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिको बैठक सुरु

काठमाडौँ :नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको छ । सरकारसँग तीनबुँदे सहमति र पार्टी प्रतिबन्ध फुकुवा भएपछि नेकपाको यो पहिलो बैठक हो । बैठक बिहीबार कपिलवस्तुमा सुरु भएको नेकपा केन्द्रीय कार्यालयले जनाएको छ ।

सरकारले जेल र हिरासतमा बन्दी बनाएका नेता–कार्यकर्ताको रिहाइ र झूट्टा मुद्दा खारेजीको सहमति गरे पनि पार्टीका केन्द्रीय नेता सुदर्शन, वीरजङ्ग, रणवीर, माइला, आदर्शलगायत डेढ सय नेता–कार्यकर्ता अझै जेलमै रहेकाले यी नेताको अनुपस्थितिमै केन्द्रीय समिति बैठक सुरु भएको हो ।

सरकारसँग तीनबुँदे सहमतिलगत्तै सम्पूर्ण नेता–कार्यकर्ता रिहा हुने अपेक्षा गरिए पनि हस्ताक्षर समारोहका दिन छुटेका केन्द्रीय नेताहरु धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र ओमप्रकाश पुनबाहेकका अधिकांश नेता–कार्यकर्ता सहमतिका करिब दुई महिनासम्म पनि जेलमा नै रहेका छन् ।

बैठकले पार्टीको आगामी समग्र योजना निर्माण गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :