‘संसदीय व्यवस्थाबाट युवाहरूको निकास सम्भव छैन’

‘संसदीय व्यवस्थाबाट युवाहरूको निकास सम्भव छैन’

कपिलवस्तु : युवा सङ्गठन नेपाल लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले वर्तमान दलाल संसदीय व्यवस्थाबाट युवा समस्या समाधान नहुने बताएका छन् । बुधबार युवा सङ्गठन नेपाल कपिलवस्तु विजयनगर गााउँपालिकाको प्रथम भेलालाई सम्बोधन गर्दै विश्लेषणले भने, ‘युवाहरूको सम्पूर्ण समस्याको पूर्ण निकास वैज्ञानिक समाजवादले दिन्छ । असफल संसदीय व्यवस्थाको कारणले देशका सम्पूर्ण युवाहरूमा वितृष्णा र निराशा उत्पन्न भएको छ । देशमा किसान, मजदुर र आमश्रमिक जनता, युवाहरूको समस्यामा कुनै फेरबदल भएको छैन, यो दलाल संसदीय व्यवस्थालाई निमिट्यान्न पार्नुपर्छ, खरानी पार्नुपर्छ ।’

उनले सम्पूर्ण देशभक्त, प्रगतिशील र जुझारु युवाहरू एकजुट भएर दलालहरूका विरुद्ध सङ्घर्ष गर्नुपर्ने बताए । उनले वर्गविभाजित समाजको अन्त्य गरी समानतामूलक समाज निर्माणका लागि वैज्ञानिक समाजवाद स्थापना गर्नुपर्ने बताए ।

बुधबार सम्पन्न भेलाले विशालको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति निर्माण गरेको छ ।

सङ्गठनका कपिलवस्तु जिल्ला अध्यक्ष बादलले विभिन्न सामाजिक विकृति–विसङ्गतिको भन्डाफोर गर्दै सम्पूर्ण युवाहरूलाई सङ्गठनमा सङ्गठित गर्नुपर्ने बताए । कार्यक्रममा गाउँ सेक्रेटरी राजेन्द्र, जिल्ला उपाध्यक्ष सागरलगायत नेता–कार्यकर्ताहरूको उपस्थिती रहेको र कार्यक्रमको सञ्चालन सञ्जयले गरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :