दर्शन : एक छलफल

बहसमा वाद–प्रतिवाद, संवाद वा द्वन्द्ववादको प्रयोग गर्ने पहिलो व्यक्ति जेनो नै हुन् । जेनोलाई द्वन्द्ववादका पिता मानिन्छ । गौतम बुद्धकै समयमा हेराक्लितुले जगत्लाई परिवर्तनशील माने । उदाहरण तपाईं त्यसै नदी वा खोलामा दुईपल्ट पार गर्न सकिँदैन किनभने नदी पार गर्दा त्यही पानी अर्कोपल्ट हुँदैन, पानी बगिरहन्छ !

एलियाको दर्शनमा कसेनोफेनले भनेका थिए, देवी–देवताहरूका विरुद्ध जगत् चलिरहेको छ । सङ्घर्ष र युद्ध सबैकी आमा हुन् । त्यसबिना जगत् समाप्त हुनेछ । गतिशून्य भई अन्त्य हुनेछ । अनिवार्यता वा परिवर्तनको अटल नियममाथि जोड दिँदै उनले भनेका थिए, यो एक यस्तो नियम हो जसलाई देवता र मानिसले बनाएको हैन, त्यो जगत् सधैँ रहिरहनेछ । हेराक्लेतु संसारको क्रान्तिकारी दर्शन– द्वन्द्वात्मक भौतिकवाद माक्र्सवादी दर्शनको अग्रज बन्न पुगे । बुद्ध दर्शनको पनि त्यही लक्ष्य थियो तर बुद्ध सुधारवादी अन्योलका कारण अगाडि विकास गर्न सकेनन् ।

हेगेलले आफ्नो दर्शनलाई आधार बनाएर एक साङ्गोपाङ्ग गम्भीर आधुनिक दर्शनको रूप दिए । हेगेलले भौतिक तत्वलाई प्रधानता दिएनन्, चेतनालाई पहिलो माने । कार्ल माक्र्सले त्यसलाई खण्डन गरी भौतिक तत्व र पदार्थ नै आदिम तत्व भनी वैज्ञानिक विचारलाई अगाडि बढाउनुभयो । कार्ल माक्र्सले भन्नुभयो– भौतिक तत्व ‘आकाश’ जस्तो चेतनाको विकास होइन, बरु चेतना नै भौतिक तत्वको चरम विकास हो । तल आउनु आवश्यक छैन, बरु तलबाट माथि पुग्नु बढी आवश्यक छ । दार्शनिक क्सेनोफेनले भन्नुभयो– गोरु र घोडाहरूसँग पनि हात भएको भए गोरु र घोडाहरूले पनि आफूजस्तै मूर्ति बनाएर पूजा–अर्चना गर्ने गर्थे । सत्यबाट असत्य हुन सक्दैन र असत्यबाट सत्यको उत्पत्ति कहिल्यै पनि हुन सक्दैन । जगत् एक अकृत, अविनासी, सत्य वस्तु हो ।

यथार्थवादी सुकरात (३९९–४६९ ई.पू.) पुरानो रूढिवादमाथि प्रहार गर्ने गर्नुहुन्थ्यो । उहाँ भन्नुहुन्थ्यो– सत्यको ज्ञान सम्भव छ । त्यसका लागि सही ढङ्गले प्रयत्न गर्नुपर्छ जुन कुरा हाम्रो बुझाइमा आउँछ । यस किसिमको पर्खाइबाट हामी एक सत्यमा पुग्न सक्छौँ । कुनै पनि दर्शन शून्यमा उत्पत्ति हुँदैन, त्यो जुन परिस्थितिमा उत्पन्न हुन्छ, त्यसको उसमाथि छाप परेको हुन्छ । अन्यायको शासनमाथि न्यायको शासन हुनेछ । मानव जाति गलत प्रभावबाट तबसम्म बच्न सक्दैन जबसम्म वास्तविक दार्शनिकको हातमा राजनीतिक शक्ति जान सक्दैन अथवा कुनै योजना (चमत्कार) यस्तो हुन सक्दैन जसमा राजनीतिज्ञ नै दार्शनिक बनिजाओस् । दर्शन एक जमिन हो जसको रक्षाको लागि तर्क काँडाको बार हो ।

इस्लामी धर्म दर्शन : छैटौँ शताब्दीमा भारतमा धेरै शक्तिशाली राज्य–गुप्त साम्राज्य भएर ससाना राज्यमा विभाजित भैरहेका थिए । त्यसै बखत उत्तरी भारतको एक विशाल राज्यको नाम हर्षवद्र्धन थियो । इस्लामका संस्थापक पैगम्बर मोहम्मद आफ्नो धर्मको प्रचार गरिरहेका थिए । पैगम्बर मोहम्मदको समय अरबको केही भाग तथा लालसागरको पश्चिमी भाग अविसिनियाको इसाई राज्य थियो । अरबको सर्वश्रेष्ठ तीर्थस्थान हुनुले मक्काको काबा मन्दिरको पुजारीलाई धेरै आम्दानी हुन्थ्यो । त्यही पुजारीको वंशमा जन्मेका पैगम्बर मोहम्मद सानै उमेरको हुँदा आमाबुबाको देहान्तपछि उनका काकाले पालनपोषण गरे । पैगम्बर मोहम्मदको आफ्नो दह्र्म अरबको तत्कालीन मूर्ति पूजा थियो र काबाको मन्दिरमा रातो रङको ३६० देवताका साथै भग्ननाग एउटा कृष्ण पाषांग (हप्प्र अवसद) लाई पूजा गरिन्थ्यो । तत्पश्चात् मूर्तिरहित ईश्वर (अल्लाह) लाई रुचि गर्न थालियो । भगवान्का तर्फबाट पठाइएको रसुल, त्यसको बाइबल र इजिलको ईश्वरीय पुस्तक मान्न थालियो ।

यस अल्लाहको त्यो यहुदीहरूको यहोबाको जस्तै यहुदी मानिसहरूको लामो सेतो दाह्री भएको लामो चुच्चो भएको स्वर्गस्थ व्यक्ति मान्दथे । जङ्गलको कनिं जसको लठ्ठी उसैको भैँसीजस्तै यहुदी र इसाई धर्म पुस्तकहरूको पैगम्बरले अरबको कबिलाको दृष्टिबाट गम्भीरतापूर्वक अध्ययन गरेको थियो तर स्वयम् आफैँ अनपढ थियो तर उसले ध्यानपूर्वक सुनेको थियो । चालीस वर्षको उमेरमा आफूलाई अल्लाहले पठाएको (रसुल) घोषणा गर्यो । पैगम्बर मोहम्मदकी श्रीमती खदीजानेले उसको धर्मलाई स्वीकार गरिन् । विरोधीहरूले विरोध पनि गर्थे । पछि अनुयायीहरू बढ्दै गए । पछि मक्काका पुजारी कुरेसहरू उसमाथि हमला गर्न थाले । अन्त्यमा मक्का छोडेर भाग्नुपर्यो । यास्रिबको सन् ६१४ ई. मा हिज्रत (प्रवास) जानुपर्यो । त्यसैको सम्झनामा मुसलमानहरूले हिज्रिसन सुरु गरे र मदिनत उल नबी (नबिक नगर) हुनुको कारण पछि यास्रिबको नाम नै मदिना रहन गयो ।

राज्य शासनको अपेक्षा संस्कृतिसँग गहिरो हुन्छ । कुरानी इस्लामको मुख्य सिद्धान्त हो । यस सिद्धान्तको भनाइ ईश्वर एउटै छ, यसको निवास यस संसारबाट धेरै टाढा सातौँ संसारमा बस्छ । प्राणीमा आगोले बनेको देवता र माटोले बनेको मानिस सर्वश्रेष्ठ हो । फरिस्तो (देवता) मा केही चिढिएर अल्लाहको सदाका लागि दुस्मन बनेको छ र उसले मानिसलाई गुमराह गर्दा त्यही नै सैतान हो । यसको सन्तान इदधीस हो जसको फरिस्ता (देवता) हुने बेलाको नाम आजाजिल थियो । मानिस संसारमा एकपल्ट जन्म लिन्छ र ईश्वर (कुरान) द्वारा पुण्य पाप गरेर अनन्तकालका लागि स्वर्ग र नर्क पाउँछ । स्वर्गमा राम्रो सुन्दर अंगुरको बगैँचा, सहद, श्रब्को नदी एकभन्दा बढी सुन्दर स्त्रीहरू, नोकरचाकरहरू प्राप्त हुन्छ । नरकमा नजानका निम्ति सुँगुरको मासु नखानु, कलमा मन्त्र नपढी जनावरको मासु नखानू भन्दछन् ।

पूर्वगामी इख्न– मैमुन ८५० ई मा अब्दुल्ला इख्न– मैमुन इस्लामले इरानियोलाई मुसलमान बनाएर धेरै ठूलो गल्ती ग¥यो । स्त्री स्वतन्त्रता ः मुस्लिम शासकमा स्त्रीहरू मुख खोलेर खुलेआम हिँड्डुल गर्थे र पुरुषहरूको मुखमा पर्दा हुन्थ्यो । यस्तो गरेर इस्लामले देखायो– इस्लाम दुवै चरमपन्थीमा जान सक्छ । माक्र्सवाद एक समाजशास्त्र, अर्थनीति र राजनीतिको महान् विचारकमा प्रख्यात छ । माक्र्सको दर्शनबारेमा वैज्ञानिक भौतिकवादले लेखिएको छ । आधुनिक युगमा अभौतिकवादी युरोपीय दर्शनको चरम विकास हेगेलको दर्शनको विकास भयो । सम्पूर्ण मानव जातिको इतिहासको भौतिकवादी/वस्तुवादी दर्शनको चरम विकास माक्र्सको दर्शनमा छ । प्राचीन युनानका युनिक दार्शनिकहरू हेगेललाई भौतिकवादी भनेर चिन्दथे । तर भौतिकवादको ज्यादै विकास देमोक्रित र एपिकुसले गरे । मध्ययुगमा विचार र स्वतन्त्रताका लागि धेरै कठिनाइ भएर पनि भौतिकवादी विचारको विकासलाई रोक्न सकेन ।

उन्नाईसौँ शदीमा लुडबिग फायरबाखले भौतिकवादमाथि कलम उठाएका थिए । फायरबाखको प्रभाव माक्र्समा परेको थियो । माक्र्सले हेगेलको द्वन्द्वात्मक प्रक्रियालाई मिलाएर भौतिकवादी दर्शनको पूर्ण रूप हामीसमक्ष पेस गर्नुका साथै दर्शनको कल्पना क्षेत्रमा बौद्धिक व्यायाम मात्र नगरेर, त्यसको प्रयोग समाजशास्त्रमा गर्नुभयो । मानव जातिको जस्तै मानव समाज उसको आर्थिक, धार्मिक व्यवस्था प्रकृतिकै उपज हो । त्यो प्रकृतिको अधीनमा नै छ । त्यो तबसम्म आफ्नो अस्तित्व कायम राख्न सक्छ, जबसम्म प्रकृति आफ्नो आवश्यकता पूरा गरिरहन्छ । आज खाना, कपडा आदि तथा त्यस उपजको साधनमाथि नै मानव समाज कायम छ । महान् मानसिक संस्कृति, भव्य विचार, दिव्य चिन्तनजस्तो ठूलो–ठूलो शब्दको प्रयोग गर्दा पनि त्यो सबै भौतिक उपजको कारण हो ।

केही भनाइ छ– भजन र पुस्तकमा देखिएन, जुन देखियो रोटीमा, भोको परम भजन हुँदैन, कण्ठीमाला तिमीले नै राख ।

दर्शनका लागि अवसर कहिले आयो ? जब कि प्रकृतिमाथि मानिसको शक्ति ज्यादै बढ्यो, मानिसको श्रमको उपजमा वृद्धि भयो । त्यसको सम्पूर्ण समय खाने, लगाउने वस्तुको सम्पादन मात्र खपत नभई केही बचत गर्नलाई तयार भयो । जब यस तरिकाबाट मानिस कामले मुक्त रहन्छ, त्यसै समय त्यो सोच्ने, तर्क–वितर्क गर्नु, योजना बनाउनु, भव्य संस्कृति, ब्रह्मज्ञान पैदा गर्न समर्थ हुन्छ । ठाउँअनुसार समाजमा पनि भौतिक तट वा प्रकृति नै मनको आमा हुन् । मन प्रकृतिको जनक होइन । भौतिकवाद मानव जीवनको विशेषताको व्याख्या धेरै राम्रोसँग गर्न सक्छ, आदर्शवादले गर्न सक्दैन । आदर्शवादले अध्यात्मवादको पृथ्वी र उसको वस्तुहरूसँग कुनै सम्बन्ध राख्दैन । हेगेल आफ्नो दर्शनमा कस्तो कमजोर व्याख्या गर्दछन् भने यो राम्रो संस्कारको स्वरूप उसको योजनाको पूर्ति विश्वइतिहासमा बूढो ईश्वरले एकैपल्ट ऋषिमुनि, बाबा आदम, बिबी (पत्नी), बेश्या, कोढी पैदा गर्यो । साथै मूर्ख, दरिद्र र पापीहरूलाई दण्डका लागि पैदा गर्यो । उनीहरुले पाप गरून् र फेरि न्यायका लागि नाटक गरून् । फेरि दण्ड दिइयोस् । त्यो कस्तो मजाक हो ! यो एक दिनको होइन, यो अनन्तकालसम्म चलिरहोस् । यो हो, अध्यात्मवादी ईश्वरको निरन्तर चलिरहने नियम ।

द्वन्द्ववाद– हेराक्लितुले भनेका थियो द्वन्द्व (विरोध) सम्पूर्ण सुखकी आमा हुन् । हेगेलले भनेका थिए– विरोध त्यो शक्ति हो जसले वस्तुलाई चलायमान बनाउँछ । पहिलेको स्थितिमा गडबडी पैदा गर्नु यसलाई द्वन्द्ववाद किन भन्दछन् भने यसमा परिवर्तनका कारण, वस्तुहरू, सामाजिक संस्थाहरू, पारस्परिक विरोध वा द्वन्द्वलाई मान्दछ । हेगेलको द्वन्द्ववादले विचारसम्म मात्र सीमित राख्यो । तर माक्र्सले यसलाई समाज र सामाजिक संस्थाहरू तथा अर्को ठाउँमा पनि एक किसिमले लागू हुन्छ भन्नुभयो– वाद, प्रतिवाद र संवाद ।

द्वन्द्ववादको नियमलाई प्राणी विकासमा उपयोग गरिहेर्दा मानौँ– हत्पतेडाँडामा फलफूल चुस्ने समीर नामको सेतो फट्याङ्ग्र्रो थियो । समीर सेतो फट्याङ्ग्र्रो भएका कारण नरभक्षी पक्षीहरू खाइदिने गथ्र्यो । कहाँसम्म भने उसको अवशेष नै नरहने स्थिति बन्न गयो । केही दिनपछि त्यहाँ उद्योगहरू स्थापना भयो । धुवाँका कारण त्यहाँको जमिन, बोट, बिरुवा सबै कालो रङमा परिणत भयो । सेतो फट्याङ्ग्र्रो असुरक्षाका कारण उद्योगवरिपरि बस्न थाल्यो । धुवाँको रासायनिक प्रभावका कारण दस वर्षपछि सेतो फट्याङ्ग्र्रो कालो रङको हुन थाल्यो । अब त्यहाँका मानिसले भन्न थाले– सेतो समीर फट्याङ्ग्र्रो हरायो र कहाँबाट कालो फट्याङ्ग्र्रो आयो । यो पनि द्वन्द्ववाद नै हो ।

(१) सेतो समिर । (२) प्रतिकूल परिस्थितिले साबिक चीज कालो हुनु– उपस्थिति हुनु र परिस्थितिसँग द्वन्द्व हुनु । (३) जाति परिवर्तनमा कालो समीरको जन्म हुनु जसको रङ कालो परिस्थितिमा लुक्नु र नरभक्षी पक्षीले उसलाई खोज्नुमा श्रम र समय बगाउनुपर्छ । त्यसैले त्यो बाँचेर सङ्ख्या बढ्न थाल्नु ।

पहिलो अवस्था वाद र दोस्रो विरोधी अवस्था प्रतिवाद हो । दुईटैको द्वन्द्वले तेस्रो नयाँ चीज जुन पैदा भयो, त्यो संवाद हो । संवादको अवस्थामा कालो फट्याङ्ग्र्रो हाम्रो सामुन्ने त्यो त्यही सफेद फट्याङ्ग्र्रो होइन । उसको पहिलेको वंशावली पनि कालोबाट नै हुँदै आयो । यो एउटा नयाँ चीज नयाँ जातिको हो । यो माथिको छालाको परिवर्तन मात्र होइन, बरु परिवर्तन जाति परिवर्तन हो । यस परिवर्तनलाई द्वन्द्ववादको परिवर्तन भन्दछन् । हामीले देख्यौँ, गति वा क्षणिक वादलाई मान्दै हामी द्वन्द्व वा विरोधमा जान्छौँ । फट्याङ्ग्र्राको दृष्टान्तमा फट्याङ्ग्र्रा र परिस्थितिको एक समय देख्यौँ, त्यो समय यो दुइटै विरोधीहरूको समागमन माथि पुग्नु ।

संवादमा यो मौलिक परिवर्तन हो । यहाँ वस्तु माथिबाट मात्र होइन, बरु आफ्नो गुणमा परिवर्तन हुन्छ । जस्तो कि भावी सन्तानसम्मका लागि परिवर्तन भयो । बदला मेटाउन चाहन्छ । प्रतिवाद : प्रतिवादलाई प्रतिकार गरेर फेरि संवाद गर्दछ । यसप्रकार वादको अभाव प्रतिवादले हुन्छ र प्रतिवादको अभाव संवादले अर्थात् संवाद अभावको अभावमा प्रतिशेष हुन्छ । जस्तै, बिच्छीको बच्चाले आमालाई खाइदिन्छ अनि बाहिर निस्कन्छ भन्ने कथन गलत हो तर प्रतिशेषको प्रतिशेषलाई बुझ्न सजिलो हुन्छ । पहिले हजुरआमा बिच्छी थियो । उसलाई खत्तम गरेर प्रतिशेष आमा बिच्छी बनिन् । तेस्रो पिँढी प्रतिशेषको प्रतिशेष हेर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :