कपिलवस्तुको विजयनगरमा आगलागी, १२ लाख बराबरको क्षति

कपिलवस्तुको विजयनगरमा आगलागी, १२ लाख बराबरको क्षति

कपिलवस्तु:  कपिलवस्तुको विजयनगर गाउँपालिका वार्ड नं. १ मधनगर गाउँको ३ घरमा आगलागी भएपछि १० लाख बराबरको क्षति भएको छ ।
छिमेकी देश भारतीय सिमानामा रहेको खेतमा गहुँको नल जलाउदा आगलागी भएको हो । सीमानामा रहेको स्थानीय कुमार थापा मगरको घरबाट सुरु भएको आगलागी अन्य मधुमाया रोका नगर र लक्ष्मन थापा मगरको घरमा समेत फैलिएको थियाे । आगलागीबाट ३ वटै घर जलेर नष्ट भएको छ ।

त्यस्तै आगलागीबाट ५० किलो मकै, ५० किला गहुँ, ३ क्वीन्टर चामल, १ क्वीन्टल तोरी, नगद भारु ४० लाख, लत्ताकपडा, भाडाकुँडा गरी अन्दाजी ३ लाख बराबरको क्षति भएको पीडित कुमार थापा मगरले बताएका छन् ।
त्यसैगरी माधुमाया रोका मगरको आगलागीबाट क्षति भएको छ । माधुमायाको श्रीमान रोजगारीको सिलसिलामा छिमेकी देश भारत गएको, २ जना छोरा, १ जना छोरी र बुढि आमा रहेका छन् । रोका मगरका अनुसार आगलागीबाट ९ वटा बाख्रा, ५० किलो गँहु, ५ क्वीन्टल मकै, १ क्वीन्टल चामल, ३ क्वीन्टन तोरी, ३५ हजार नेपाली रुपियाँ, ८ लाल सुन, २ टोल चाडी अन्दाजी ३ लाख ५० हजारको घर, १ लाख ५० हजारको गोठ र कपडा भाडाहरु क्षति भएको बताइन् ।

यस्तै लक्ष्मण थापा मगरको घरमा पनि आगलागी भएको छ । थापाकी १ श्रीमती, १ जना छोरी र छोरा रहेका छन् । उनका अनुसार ६० किलो तोरी, १ क्वीन्टल चामल, ३ टोला चाँडीको वाला, ०.५ तोला सुन, अन्दाजी घरको मुल्य ३ लाख र लत्ता कपडा भाडाहरु जलेर नष्ट भएको छ ।

आगलागी भएकाे करिब १ः३० घण्टापछि मात्र कृष्णनगरबाट दमकल आएको थियो । दमकल आइपुग्दा सबै जलेर नष्ट भइसकेको थियो । आगो नियन्त्रण ५ घण्टापछि मात्र भएको थियो । समयमा नै दमकल आइनपुग्दा धेरै क्षति भएको पीडितको गुनासो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :