युवा सङ्गठन महाराजगन्ज नगरको भेला

युवा सङ्गठन महाराजगन्ज नगरको भेला

कपिलवस्तु : युवा सङ्गठन नेपाल कपिलवस्तु, महाराजगन्ज नगर समितिको दोस्रो भेला सम्पन्न भएको छ । भेलाले रामशरणको अध्यक्षतामा ९ सदस्यीय नगर समिति गठन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि, सङ्गठनका केन्द्रीय सचिवालय सदस्य तथा लुम्बिनी ब्युरो इन्चार्ज विश्लेषणले आमूल परिवर्तनका लागी युवाहरु क्रान्तिमा गोलबन्द हुनुपर्ने बताए । वैज्ञानिक समाजवादी व्यवस्थाको प्रचार जनस्तरमा समेत गर्नुपर्ने उनको भनाइ थियो ।

सङ्गठनका कपिलवस्तु जिल्ला अध्यक्ष बादलले आजका युवा एकीकृत जनक्रान्तिका पक्षमा लामबद्ध हुनुपर्ने बताए । सङ्गठनका जिल्ला उपाध्यक्ष सागरलगायत युवा नेता–कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन रामशरणले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :