युवा संगठन नेपाल, ताम्सालिङ ब्युरोको दोस्रो पूर्ण बैठक सम्पन्न

युवा संगठन नेपाल, ताम्सालिङ ब्युरोको दोस्रो पूर्ण बैठक सम्पन्न

काठमाडाैँ:  युवा संगठन नेपाल, ताम्सालिङ ब्युरोको दोस्रो पूर्ण बैठक सम्पन्न भएको छ । बैठकमा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा ताम्सालिङ ब्युरो इन्चार्ज आधारको प्रमुख आतिथ्यता थियो भने युवा संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन आयोजक समितिका सदस्य दिनेश र काभ्रे जिल्ला इन्चार्ज प्रताव अतिथि रहेका थिए ।
बैठकमा सबै उपस्थित सदस्यहरुबाट सान्दार रिपोर्टिङ भएकाे थियाे । बैठकले चौथो राष्ट्रिय सम्मेलनको व्यापक वाल पेन्टिङ गर्ने र प्रचार प्रसार गर्ने निर्णय गरेको छ ।
त्यस्तै बैठकमा एमसीसी खारेजीको लागि सम्पूर्ण युवाहरु एकजुट भएर साम्राज्यवादीहरुको विरुद्धमा लाग्नु पर्ने निर्णय गरिएको छ । साथै चौथो राष्ट्रिय सम्मेलनको निम्ति सबै जिल्लाहरुमा तोकिएको समयमा नै भेला सम्मेलन सम्पन्न गर्ने पनि निर्णय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :